३.१ देहायको कुनै वा सबै उद्देश्य पूरा गर्न समितिले नगर योजना तर्जुमा गर्न सक्नेछ :–
३.१.१ नेपाल ………… को कुनै भागमा एकीकृत रूपमा नगरको भौतिक विकास गर्ने,
३.१.२ भइरहेको नगरको पुन निर्माण, विस्तार र विकास गर्ने तथा नयाँ नगरको निर्माण गर्ने,
३.१.३ नगर विकासको लागि भू–उपयोग क्षेत्र निर्धारण गर्ने, त्यस्तो क्षेत्रमा गर्न पाइने भौतिक विकासको मापदण्ड तोक्ने तथा त्यस्तो क्षेत्रको जनघनत्वको आधारमा सडक, यातायात, बिजुली, ढल निकास, सरसफाइ, खुल्ला क्षेत्र लगायतका सेवा तथा सुविधा उपलब्ध गराउने,
३.१.४ उपर्युक्त कार्यहरूसँग सम्बद्ध अन्य कार्यहरू गर्ने ।
३.२ उपदफा ३.१ बमोजिम समितिले बनाएको नगर योजना मन्त्रालयबाट स्वीकृत हुनु पर्नेछ ।
३.३ नेपाल सरकारले स्वीकृत गरेको नगर योजनाको विस्तृत विवरण सहितको सूचना ……………. सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।